विश्व

संस्कारको नाममा बालिकालाई सम्भोग गर्ने 'हायना' गिरफ्तार

Image Title

मलावी, १२ साउन, अफ्रिकी राष्ट्र मलावीको दक्षिणी क्षेत्रमा सेक्स वर्कर (हायना)को रुपमा महिला र बालबालिकालाई सम्भोग गर्दै आएका एरिक एनीवा अन्ततः पक्राउ परेका छन् । मलावीका राष्ट्रपति पीटर मुथारिकाकै आदेशमा एनिवालाई गिरफ्तार गरिएको बीबीसीले जनाएको छ ।

एनिवाले लामो समयदेखि यौन शुद्धिकरण र संस्कारको नाममा पति नभएका महिला र कलिला बालिकामाथि संस्कारको खोल ओढेर यौन क्रियाकलाप गर्दै आएका थिए । त्यो भन्दा पनि गम्भीर कुरा उनी एचआइभी पीडित थिए । केही दिनअघि बीबीसीले ती हायनाबारे स्पेशल रिपोर्ट छापेपछि मलावीका राष्ट्रपति कै आदेशमा एनिवालाई गिरफ्तार गरिएको जनाइएको छ । जुन समाचारलाई आजको खबरले पनि प्रकाशित गरेको थियो ।

राष्ट्रपति पीटरले एनिवालाई पक्राउ गरी आवश्यक छानविन गर्न पनि प्रहरीलाई निर्देशन दिएको बताइएको छ । उनलको एक बयानमा भनिएको छ, 'यो भयावह प्रथा कोही चलाइरहेको भए पनि अन्तर्राष्ट्रिय रुपमा देशको छवि खराब गर्ने काम हो यरले देशलाई नै सर्मनाक बनाउँछ ।'

 





अन्य समाचार

धेरै पढिएको

    no Contents found

फेसबुक


जनमत

बाढी, पहिरोबाट वर्षेनी हुने क्षतिलाई कसरी न्यूनीकरण गर्न सकिएला ?

 (function() { var aak = new CpxCenterAAK(1524, 69395, 70677); var zone = aak.addZone(106752, "#cc-573cbc0a38c60"); zone.render(); })();