स्वास्थ्य

शरीर बन्धक बनाई नर्सको हत्या गरिएको भन्दै दोषिमाथि कडा कारवाहीको माग

Image Title

काठमाडौं, १२ साउन, गत असार २८ गते ललितपुर बालकुमारीस्थित किष्ट पोलिक्लिनिकमा कार्यरत स्टाफ नर्स निमा डोल्मा लामाको हत्या भएको भन्दै परिवारले हत्यामा संलग्नलाई अविलम्ब कारवाही गर्न जोडदार माग गरेको छ । बुधबार रिपोर्टर्स क्लब नेपालमा मृत्तकका आफन्तले पत्रकार सम्मेलन गर्दै निमाको आत्महत्या नभई हत्या भएको भन्दै दोषिमाथि कडा भन्दा कडा कारवाहीको माग गरेका हुन् । परिवारले निमालाई शरीर बन्धक बनाई हत्या गरिएको आशंका गरेको छ । मृतककी बहिनी मिना लामाले भनिन्, 'यो हत्या नै हो, मान्छे मारेर अस्पताल लग्ने काम गरिएको छ, यो कुराको स्पष्ट छानविन हुनुपर्छ ।'

उनीहरुले निमाको हत्या क्लिनिकका सञ्चालक उमेश कुमार साह र डा. देव कुमार साहको मिलेमतोमा भएको आरोप लगाए । उनीहरुले हत्याराहरुको बारेमा किटानी जाहेर दिँदा समेत अहिलेसम्म कुनै कारवाही नभएको भन्दै चिन्ता व्यक्त गरे । उनीहरुले प्रहरीले सुरुमा किटानी जाहेरी नै लिन नमानेको स्मरण गर्दै मानव अधिकारकर्मी, सांसदहरुलाई हार गुहार गरेपछि मात्रै उजुरी लिएको आरोप लगाए ।

कार्यक्रममा तामाङ घेतुङ संघका सचिव रामृकष्ण ब्लोनले पनि निर्दोष मानिसको हत्या हुँदा पनि प्रहरीको अनुसन्धान र पोष्टमार्टमको रिपोर्टले दोषिहरु उम्कने र पीडित झनै पीडित हुनु पर्ने अवस्था भएको भन्दै निष्पक्ष छानविनको माग गरे । त्यस्तै कानुनविद द्वय सुमित्रा डंगोल र विजय खड्का तथा घेदुङ संघका महासचिव बाबु घिसिङले आ–आफ्ना भनाई राखेका थिए ।





अन्य समाचार

धेरै पढिएको

    no Contents found

फेसबुक


जनमत

बाढी, पहिरोबाट वर्षेनी हुने क्षतिलाई कसरी न्यूनीकरण गर्न सकिएला ?

 (function() { var aak = new CpxCenterAAK(1524, 69395, 70677); var zone = aak.addZone(106752, "#cc-573cbc0a38c60"); zone.render(); })();