विश्व

'म्याडम प्रेसिडेन्ट' को चुनावी प्रचारप्रसार अभियान ह्याक

Image Title

न्यूयोर्क, १५ साउन, अमेरिकाकी राष्ट्रपति पदकी उम्मेद्वार हिलारी क्लिन्टनको चुनाव अभियानसँग सम्बन्धित महत्वपूर्ण जानकारीहरु तथा योजनाहरु ह्याक भएको जनाइएको छ । अमेरिकी मिडिया रिपोर्टका अनुसार डेमोक्रेटिक पार्टीकी उम्मेद्वार क्लिन्टनले चुनाव प्रचार प्रसारमा प्रयोग गरिरहेका गोप्य सूचनाहरु ह्याक गरेको जनाएको छ । यसलाई पार्टीको विरुद्ध भएको साइवर हमला बताइएको छ ।

यो साइबर हमलाको पछाडि रुसी सरकारको लागि काम गर्ने एजेन्टको हात रहेको बताइएको छ । यसबाट रुसले अमेरिकामा हुन लागेको राष्ट्रपति चुनावलाई प्रभावित गर्न खोजेको आशंका गरिएको बीबीसीले जनाएको छ ।

यता रुसी सरकारले भने कुनै पनि प्रकारको साइबर हमालामा आफ्नो हात रहेको भन्ने कुरालाई पूर्ण निषेध गरेको छ । उसले यस्तो आरोपलाई 'द्वेषपूर्ण रुस विरोधी' अभियान भनेको छ । उसले यो आरोपलाई पूर्ण रुपमा इन्कार गर्दै खेद प्रकट गरेको छ ।

क्लिन्टनको चुनाव प्रचार प्रसार टिमले यो घटनाको गम्भीर रुपमा अनुसन्धान भइरहेको जनाएको छ ।





अन्य समाचार

धेरै पढिएको

    no Contents found

फेसबुक


जनमत

बाढी, पहिरोबाट वर्षेनी हुने क्षतिलाई कसरी न्यूनीकरण गर्न सकिएला ?

 (function() { var aak = new CpxCenterAAK(1524, 69395, 70677); var zone = aak.addZone(106752, "#cc-573cbc0a38c60"); zone.render(); })();