विश्व

भारतमा बाढीमा परी ५२ जनाको मृत्यु

Image Title

गुहाटी, १५ साउन, करिब एक साता लामो वर्षासँगै आएको बाढीका कारण डुबानमा परेका हजारौँ मानिसलाई उनीहरुको बस्तीबाट सुरक्षितस्थलतर्फ उद्धार गरिएको छ । उक्त क्षेत्रमा बाढीका कारण लाखौँ मानिस घरबारबिहीन बनेका छन् भने विगत केही दिनयता ५२ जनाको मृत्यु भएको छ । 

 

वर्षाका कारण आसाममा मात्र २६ जनाको मृत्यु भएको र बाढीले सडक भत्काउँदा डुबानमा परेका मानिसको उद्धारमा समस्या परेको स्थानीय अधिकारीले बताएका छन् । 

 

बाढीले सडक छेउमा गाडिएको बिजुली तथा टेलिफोनका पोलहरु लडाउँदा ठाउँठाउँमा विद्युत् एवम् टेलिफोन सेवा अवरुद्ध बनेको छ । 

 

आसाममा बाढीका कारण दर्जनौँ मानिसको मृत्यु भएपछि डुबान क्षेत्रमा हेलिकप्टरबाट भ्रमण गरी फर्किनुभएका भारतीय गृहमन्त्री राजनाथ सिंहले आसाम क्षेत्रमा डुबानका कारण गम्भीर सङ्केत देखिएको बताए । 

 

भारतको उत्तरी प्रदेश विहार राज्य सरकारले डुबान क्षेत्रमा ३५० भन्दा बढी अस्थायी सहायता केन्द्र स्थापना गरी विस्थापित मानिसलाई खाना तथा अन्य अतिआवश्यकीय कुराको अभाव टार्ने प्रयास भइरहेको बताएको छ । 

 

बाढीका कारण काजिराङ नेशनल पार्क जुन एकसिङ्गे गैँडाको बास्थानका लागि महत्वपूर्ण निकुञ्ज पनि डुबानमा परेको छ । 

 

जसका कारण हजारौँ वन्यजन्तुलाई प्रभावित तुल्याएको छ । 



अन्य समाचार

धेरै पढिएको

    no Contents found

फेसबुक


जनमत

बाढी, पहिरोबाट वर्षेनी हुने क्षतिलाई कसरी न्यूनीकरण गर्न सकिएला ?

 (function() { var aak = new CpxCenterAAK(1524, 69395, 70677); var zone = aak.addZone(106752, "#cc-573cbc0a38c60"); zone.render(); })();