सूचना/प्रविधि

प्रेस सेन्टर नेपाल ताप्लेजुङमा लिङ्खिम

ताप्लेजुुङ, २२ साउन, प्रेस सेन्टर नेपाल ताप्लेजुङको तेस्रो जिल्ला अधिवेशनबाट दिनेश लिङ्खिम अध्यक्षमा निर्वाचित भएका छन । सदरमुकाम फुङ्लिङमा शुक्रबार सम्पन्न अधिवेशनले लिङ्खिमको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो । कार्यसमितिको उपाध्यक्षमा रोस्मा उप्रेती, सचिव जीवन कालिकोटे, सहसचिव कमल विष्ट र कोषाध्यक्षमा प्रकाश लिङ्देन चयन भएका छन् । अन्य सदस्यमा समिसा मोते, कृष्ण फुरुम्बो, शान्ता आङ्बुहाङ र गंगाराम राई चयन भएका छन । दुई जना सदस्य पछि थप गर्ने नवनिर्वाचित अध्यक्ष दिनेश लिङ्खिमले बताए ।

यस्तै अधिवेशनले प्रयास लिम्बु, सजन पौडेल, इन्द्र बजगाँई र राजकुमार गुरुङलाई १ नं. प्रदेश अधिवेशन प्रतिनिधिको रुपमा चयन गरेको लिङ्खिमले जानकारी दिए । अधिवेशन नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा ताप्लेजुङ संयोजक खेलप्रसाद बुढाक्षेत्री (पराग) को प्रमुख आतिथ्य तथा प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्यद्वय चन्द्र पन्दाक (प्रयास) र प्रेस सेन्टर नेपाल केन्द्रीय सम्मेलन आयोजक समिति सदस्य सुजन तिम्सिनाको उपस्थितिमा सम्पन्न भएको थियो ।





अन्य समाचार

धेरै पढिएको

    no Contents found

फेसबुक


जनमत

बाढी, पहिरोबाट वर्षेनी हुने क्षतिलाई कसरी न्यूनीकरण गर्न सकिएला ?

 (function() { var aak = new CpxCenterAAK(1524, 69395, 70677); var zone = aak.addZone(106752, "#cc-573cbc0a38c60"); zone.render(); })();