सूचना/प्रविधि

प्रेस सेन्टर नेपाल धनकुटाको अध्यक्षमा थापा

Image Title

धनकुटा, २७ साउन, प्रेस सेन्टर नेपाल धनकुटाको तेस्रो अधिवेशनबाट अध्यक्षमा ईश्वर थापा निर्वाचित भएका छन् । बुधबार धनकुटा सदरमुकाममा सम्पन्न तेस्रो जिल्ला सम्मेलनले १३ सदस्यीय कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा दिलकुमार राई र दुर्गा निरौला, सचिव अनिल भट्टराई, सहसचिव लक्की शेर्पा र कोषाध्यक्षमा कोकिला भण्डारी निर्वाचित भएका छन् । आगामी तीन वर्षे कार्यकालका लागि रहने समितिको सदस्यहरुमा जयन्ती राई, पारुहाङ एवाई, विशाल लम्जेल, कैलाश ढुङ्गाना, इन्द्रबहादुर लुङ्गेली र प्रशंसा राई छन् भने प्रेस सेन्टर धनकुटा इन्चार्ज नारायण कुमार राईलाई तोकेको छ ।

त्यस्तै सम्मेलनले दिल बहादुर राई, ब्रह्मलाल हजारी, दुर्गा निरौला, कोकिला भण्डारी, अनिल भट्टराई, र लक्की शेर्पा लाई १ नम्बर प्रदेशको प्रतिनिधिमा छानेको छ । क्रान्तिकारी पत्रकार संघ र क्रान्तिकारी पत्रकार महासंघ बीचको एकीकरणपछिको यो सम्मेलनले जिल्लामा नयाँ नेतृत्व चयान गरेको हो ।

सम्मेलनको उद्घाटन कार्यक्रमका अवसरमा प्रेस सेन्टर नेपाल केन्द्रीय सचिवालय सदस्य विवेक गौतम, नेकपा माओवादी केन्द्रका १ नम्बर प्रदेश सञ्चार संयोजक राजेन्द्र किराँती, नेकपा माओवादी केन्द्र धनकुटा सह संयोजक उज्ज्वल किराँती, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा पूर्वाञ्चल सह संयोजक गणेश लम्साल, नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष खगेन्द्र घिमिरे, प्रेस युनियन धनकुटा अध्यक्ष यानिन्द्र तिगेलाले शुभकामना मन्तव्य राखेका थिए ।



अन्य समाचार

धेरै पढिएको

    no Contents found

फेसबुक


जनमत

बाढी, पहिरोबाट वर्षेनी हुने क्षतिलाई कसरी न्यूनीकरण गर्न सकिएला ?

 (function() { var aak = new CpxCenterAAK(1524, 69395, 70677); var zone = aak.addZone(106752, "#cc-573cbc0a38c60"); zone.render(); })();