स्वास्थ्य

खानेपानीको गुणस्तर मापन प्रभावकारी भएन

Image Title

सृष्टि सुनुवार, सोलुखुम्बु, २७ साउन, सोलुखुम्बुमा खानेपानी योजनाहरूको हालसम्म प्रभावकारी रुपमा गुणस्तर मापन हुन नसकेको पाइएको छ । खानेपानी तथा सरसफाई सव-डिभिजन कार्यालय सोलुखुम्बुका प्रमुख कुलप्रसाद शर्माले सोलु एफएमसँग कुरा गर्दै पानीको गुणस्तर बारेमा परीक्षण गर्नुपर्ने भए पनि  प्रभावकारी रुपमा हुन नसकेको बताएका हुन् ।

पानीको गुणस्तर परीक्षण कार्य गर्नको लागि व्यक्तिगत, अन्य उपभोक्ता समिति, संघ सस्था तथा अन्य निकायहरुबाट अनुरोध भई आएमा नेपाल सरकारले तोकेको मापदण्ड अनुसार सेवा प्रदान  गर्न सकिने शर्माले बताए । वाटर ट्याग मेसिनको प्रयोग गरी खानेपानीको गुणस्तर मापन गरिन्छ । भौतिक रुपमा खानेपानीको रंग, गन्ध, रासायनिक रुपमा खानेपानीमा आइरन लगायतको तत्वको मिश्रण र सुक्ष्म रुपमा कोलिफर्म लगायतका जीवाणुको परीक्षण गर्नुपर्ने खानेपानी सव–डिभिजनका प्राविधिक शान्तराज राईले जानकारी दिए ।

विगतका वर्षहरुमा सोलुखुम्बुको सदमुकाम सल्लेरी, रोशी, नेलेमा पानीको गुणस्तर परीक्षण भएको थियो । यहाँको पानी पिउने योग्य नै पाइएको राईले बताए । पानीको गुणस्तर मापन गर्ने मेसिन गह्रौं भएकाले  भौगोलिक विकटताका कारण पानी परीक्षण गर्नका लागि टाढा टाढा पुग्न नसकिने राईको भनाई छ । सवारी साधन जाने ठाउँमा सहज भएपनि अन्य ठाउँमा मेसिन लैजानका लागि भरियाको आवश्यकता पर्ने उनले बताए । सोलुखुम्बुमा पानीको गुणस्तर परीक्षण गर्ने मामलामा उपभोक्ताहरु पनि जागरुक हुनुपर्ने देखिएको छ । उपभोक्ताहरुले पनि अहिलेसम्म गुणस्तर परीक्षणका लागि कुनै आवेदन दिएका छैनन् । वार्षिक रुपमा ३ देखि ४ पटकसम्म पानीको गुणस्तर मापन गर्नुपर्ने प्राविधिकको भनाई छ ।

यसैबीच आम उपभोक्तालाई वर्षातको समयमा खानेपानी फोहोर हुन सक्ने भएकाले शुद्धिकरण गरेर मात्र खान खानेपानी तथा सरसफाई सव–डिभिजन सोलुखुम्बुले आग्रह गरेको छ । खानेपानीका प्रमुख शर्माले सकेसम्म पानी उमालेर मात्र खान सल्लाह दिए ।  उनले चालु आर्थिक वर्षदेखि सबै खानेपानी आयोजनाको प्रभावकारी परीक्षण गर्ने व्यवस्था मिलाउनका लागि आफूहरु लाग्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

तस्विर: सांकेतिक, एजेन्सी



अन्य समाचार

धेरै पढिएको

    no Contents found

फेसबुक


जनमत

बाढी, पहिरोबाट वर्षेनी हुने क्षतिलाई कसरी न्यूनीकरण गर्न सकिएला ?

 (function() { var aak = new CpxCenterAAK(1524, 69395, 70677); var zone = aak.addZone(106752, "#cc-573cbc0a38c60"); zone.render(); })();