स्वास्थ्य

क्रान्तिकारी र वाईसिएलले गरे इलाम अस्पतालको सरसफाई

इलाम,  २८ साउन, अखिल (क्रान्तिकारी), जिल्ला समिति इलाम र वाईसिएल नेपाल नगर कमिटी इलाम नगरपालिकाले इलाम अस्पतालमा सरसफाई गरेका छन् । अन्तर्राष्ट्रिय युवा दिवस २०१६ अवसरमा 'हाम्रो गौरब, हाम्रो सान– उत्पादन र विकासमा युवा अभियान' भन्ने मुल नाराका साथ इलाममा युवा तथा विद्यार्थीले कार्यक्रम गरेका छन् । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी र युवा संगठनले आयोजना गरेको कार्यक्रममा ५० भन्दा बढीको सहभागिता रहेको थियो ।

सरसफाइ कार्यक्रममा इलाम अस्पतालमा कम्पाउण्ड भित्र १०÷१५ वर्ष अघिदेखि जम्मा भएको फोहोरलाई फाल्ने साथै बाहिर र भित्र सफा गरिेएको थियो । सरसफाई कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्यहरु धिरेन्द्र शर्मा ‘रमण’, राम राई, चन्दा तामाङ, जिल्ला सदस्य भद्रमान खम्बु र राजकुमार राई, अखिल (क्रान्तिकारी) केन्द्रीय सदस्य तथा इलाम जिल्ला संयोजक प्रकाश परियार, केन्द्रीय सदस्य शन्धिभक्त शंकर, वाईसिएल इलाम नगर कमिटी अध्यक्ष विक्रम लिम्बु, अस्पतालका स्वाथ्यकर्मीहरु र युवा विद्यार्थीहरुको सहभागिता रहेको वाईसिल नगर संयोजक विक्रम लिम्बुले जानकारी दिए ।

अनावश्यक दोषार्पण भाषणवाजी, नाराजुलुस निकाल्नु भन्दा देशका गहना तथा सम्पति युवाले काम गरेर समाज रुपान्तरणमा लाग्नु राम्रो हुने भएकोले सरसफाई कार्यक्रम गरिएको क्रान्तिकारीका शन्धिभत्त शंकरले बताएका छन् । समाज रुपान्तरण र परिवर्तनको जस्तासुकै आन्दोलन तथा अभियानमा सधैँ अग्रमोर्चामा रहने युवा अब उत्पादन र विकाससँगै जनताको सेवा र युवाको अधिकारमा निरन्तर लाग्ने क्रान्तिकारीका प्रकाश परियारले बताएका छन् ।

क्रान्तिकारी र वाईसिएलले सरसफाई अभियानलाई निरन्तर अघि बढाउने र योसँगै फोहोर सफा गरी फूल रोपेर बगैचा निर्माण गर्ने जानकारी गराएका छन् ।  सफा र सुन्दर सहर बनाउनका लागि कामसँगै स्थानीयबासीलाई सचेतना र फोहोरमैलाको सही व्यवस्थापन गर्न आग्रह गरिने संगठनहरुले जानकारी गराएका छन् ।





अन्य समाचार

धेरै पढिएको

    no Contents found

फेसबुक


जनमत

बाढी, पहिरोबाट वर्षेनी हुने क्षतिलाई कसरी न्यूनीकरण गर्न सकिएला ?

 (function() { var aak = new CpxCenterAAK(1524, 69395, 70677); var zone = aak.addZone(106752, "#cc-573cbc0a38c60"); zone.render(); })();