विश्व

मलेसियाको नौ लाख लिटर तेल बोकेको ट्याङ्कर अपहरित

Image Title

क्वालालम्पूर, १ भदौ, मलेसियाको एक विशाल तेल ट्याङ्कर भएको पानीजहाज अज्ञात समूहले अपहरण गरेको छ । मलेसियाली समुन्द्री सेनाका अधिकारीले जनाए अनुसार ९ लाख लिटर डिजेल भरिएको ट्याङ्कर हाइज्याक भएको हो । उनीहरुले सो ट्याङ्करलाई अपहरण गरी इन्डोनेशियाको सीमातर्फ लगिएको बताएका छन् ।

उनीहरुका अनुसार विएर हार्मनी नामक सो तेल ट्याङ्कर मलेसियाको तान्जुन्ग पेलेपास बन्दरगाहबाटै अपहरणमा परेको हो । मलेसियाली समुन्द्र प्रत्यावर्तन एजेन्सीका निर्देशकले ट्वीटमा बताएका छन्, जहाज इन्डोनेशियाली द्वीप बाटम तर्फ लगिँदै छ । जहाजमा रहेको तेल करिब चार लाख डलरको भएको बीबीसीले बताएको छ । जहाज कसले र किन अपहरण गर्यो भन्ने अझैसम्म जानकारी आएको छैन ।



अन्य समाचार

धेरै पढिएको

    no Contents found

फेसबुक


जनमत

बाढी, पहिरोबाट वर्षेनी हुने क्षतिलाई कसरी न्यूनीकरण गर्न सकिएला ?

 (function() { var aak = new CpxCenterAAK(1524, 69395, 70677); var zone = aak.addZone(106752, "#cc-573cbc0a38c60"); zone.render(); })();