खेलकुद

गोर्खा स्पोर्टिङ क्लबले चुम्यो पाथीभरा गोल्डकप फुटबलको उपाधि

Image Title

ताप्लेजुुङ, २ भदौ, ताप्लेजुङस्थित लाखेजात्रा सञ्चालन समितिको आयोजनामा खेलाइएको पाथीभरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि गोर्खा स्पोर्टिङ क्लब दमक झापाले जितेको छ । बिहीबार भएको फाइनल खेलमा स्थानीय संघर्ष स्पोर्टिङ क्लब तानपा ६ लाई २–१ गोलअन्तरले पराजित गर्दै झापाले उपाधि जितेको हो ।

संघर्ष स्पोर्टिङ क्लबका जर्सी नं. ७ का क्रिस राईले खेलको १८ औँ मिनेटमा गोल गरी आफ्नो टिमलाई अग्रता दिलाए पनि दमक झापाका जर्सी नं. ४ का दिलेन लोक्ताम र जर्सी नं. ११ का सुजल श्रेष्ठले खेलको क्रमशः ६० औँ र ८५ औँ मिनेट गोल गरेपछि जित गोर्खाको पल्टामा पुग्यो । सुरुमा गोल गरेपनि संघर्षले थप गोल गर्न नसकेपछि उपविजेतामै चित्त बुझाउनुपर्यो । खेलमा गोर्खाका विशाल राई म्यान अफ द म्याच घोषित भए भने किशोर गिरी उत्कृष्ट गोलकिपर घोषित भए । सर्वश्रेष्ठ खेलाडी भने संघर्षका छिरिङ गुरुङ भए ।

यस प्रतियोगिताको उपाधि विजेताले रनिङ कपसहित एक लाख ५१ हजार एक सय ११ रुपियाँ नगद पुरस्कार प्राप्त गरेको छ भने उपविजेताले एक लाख ११ हजार एक सय ११ रुपियाँ नगद पुरस्कार मात्र पाएको छ । अढाइ तोला सुनजडित दुई सय २० तोला चाँदीद्वारा निर्मित कप भएकाले यसलाई नेपालकै दोस्रो महङ्गो कप भएको पनि दावी गरिएको छ । उक्त कप जिल्लास्थित पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्वद्र्धन समितिले यहि वर्ष उपलब्ध गराएको हो ।

यस्तै लाखेजात्रा सञ्चालन समितिकै आयोजनामा खेलाइएको कञ्चनजंघा च्यालेन्ज रनिङ कपअन्तर्गत महिलातर्फको उपाधि पारिजात महिला फुटबल टिम झापाले चुमेको छ । सूर्योदय युथ क्लब जाँते मोरङलाई १–० गोलले हराउँदै झापाले उपाधि जितेको हो । झापाकी जर्सी नं। ६ रञ्जना चौधरीले खेलको २३ मिनेटमा गोल गरेका थिए । महिलाको विजेताले ट्रफी सहित ५१ हजार एक सय ११ रुपियाँ र उपविजेताले ३१ हजार एक सय ११ रुपियाँ नगद पुरस्कार प्राप्त गरेका छन् ।

प्रतियोगिता गएको शुक्रबारदेखि सदरमुकाम फुङ्लिङस्थित भानुजन उच्च माध्यमिक विद्यालयको खेल मैदानमा सञ्चालन भएको थियो । प्रतियोगितामा पुरुषतर्फ आठ र महिलाको पाँच टिमले सहभागिता जनाएका थिए । पुरकार अखिल नेपाल फुटबल संघ (एन्फा) का कार्यबाहक अध्यक्ष नरेन्द्र श्रेष्ठले वितरण गरेका थिए ।

तस्बिरः पाथीभरा गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि विजेता गोर्खा स्पोर्टिङ क्लब दमक झापाका खेलाडी कपका साथ, प्रयास लिम्बू, ताप्लेजुङ



अन्य समाचार

धेरै पढिएको

    no Contents found

फेसबुक


जनमत

बाढी, पहिरोबाट वर्षेनी हुने क्षतिलाई कसरी न्यूनीकरण गर्न सकिएला ?

 (function() { var aak = new CpxCenterAAK(1524, 69395, 70677); var zone = aak.addZone(106752, "#cc-573cbc0a38c60"); zone.render(); })();