खेलकुद

नेयमारले दिलाए पहिलो पटक ब्राजिललाई ओलम्पिकमा स्वर्ण

Image Title

रियो दि जेनेरियो (ब्राजिल), ५ भदौ, पाँच पटकको विश्वकप विजेता ब्राजिललाई ओलम्पिकमा भने पहिलो पटक स्वर्ण पदक मिलेको छ । ब्राजिलको रियो दि जेनेरियोमा जारी ओलम्पिक –२०१६ मा गएराति भएको खेलमा जर्मनीलाई हराउँदै ब्राजिलले स्वर्ण पदक हात पारेको हो ।

खेलको निर्धारित समयमा १–१ गोलको बराबरी भएपछि पेनाल्टी सुट आउट गराइएको थियो । पेनल्टीमा ब्राजिलले ५–४ गोल अन्तरले जित हासिल गर्यो । पेनाल्टीमा जर्मनीका निल्स पिटरसनको प्रहारलाई ब्राजिलका गोलकिपरले निस्तेज पारेपछि जर्मनीले हार व्यहोर्नु पर्यो भने ब्राजिलका कप्तान नेयमारले अन्तिम गोल गर्दै ब्राजिललाई स्वर्ण पदक दिलाए ।



अन्य समाचार

धेरै पढिएको

    no Contents found

फेसबुक


जनमत

बाढी, पहिरोबाट वर्षेनी हुने क्षतिलाई कसरी न्यूनीकरण गर्न सकिएला ?

 (function() { var aak = new CpxCenterAAK(1524, 69395, 70677); var zone = aak.addZone(106752, "#cc-573cbc0a38c60"); zone.render(); })();