सूचना/प्रविधि

सिसि क्यामेराले सुरक्षा व्यवस्था मिलाउन सहज

Image Title

ईश्वर थापा, धनकुटा, ८ भदौ, धनकुटाको हिलेमा स्थानीयको सकृयतामा सिसि क्यामेरा जडान भएपछि प्रहरीलाई सुरक्षा व्यवस्था मिलाउन सहज भएको छ । हिले बजारमा राखिएका क्यामेराले कैद गरेका दृश्य प्रहरी चौकी हिलेले कन्ट्रोल रुमबाट निगरानी गर्ने गरेको छ । हिलेबजारमा सिसि क्यामेरा जडान भएपछि प्रहरीलाई शहर केन्द्रित अपराध नियन्त्रण गर्न धेरै सजिलो भएको हो ।

हिले प्रहरी चौकीका प्रमुख प्रहरी नायब निरीक्षक दुखन यादवले सिसि टिभी जडानले अपराधिक क्रियाकलापमा संलग्न व्यक्तिलाई मनोबैज्ञानिक प्रभाव पर्ने गरेको बताए । त्यसैले पनि बजारका सार्वजनिक ठाउँहरुमा सिसि टिभी क्यामेरा जडान भएपछि अपराधिक क्रियाकलापमा ८० प्रतिशत भन्दा बढिले कमि आएको यादवले बताए । उनका अनुसार ''सिसि क्यामेरा जडानपछि जघन्य अपराधका घटना भएकै छैन । तर, मादक पदार्थ सेवन गरी हुने झगडामा धेरै भन्दा धेरै कमी आए पनि सोचेजति नियन्त्रण भएको छैन ।'' जातजाति र धर्म संस्कृतीको आधारमा पनि मादक पदार्थ नभई नहुने भएकाले त्यसलाई नियन्त्रण गर्न समस्या रहेको यादवको भनाई छ ।

हिलेबजारमा हिले पर्यटन प्रवद्र्धन तथा पूर्वाधार विकास संस्थाले अपराधिक गतिविधि नियन्त्रण गर्न प्रहरीले मात्रै सम्भव नभएकाले सिसि टिभी क्यामेरा जडान गरिएकोे संस्थाका अध्यक्ष खगेन्द्र विष्टले बताए । कोशी पहाडी जिल्लामै पहिलो पटक हिलेबजारमा सिसि टिभी क्यामेरा जडान गरिएको बिष्टको दाबी छ । 

करिब सात लाख रुपैयाँको लगानीमा २०७१ साल फागुनदेखि राख्ने योजना अनुसार सुरु गरिएको सिसि क्यामेरा २०७२ साल जेठ २ गते उद्घाटन गरिएको थियो । सिसि टिभी क्यामेरा जडानका लागि धनकुटा नगरपालिकाले ५० हजार रुपैयाँ र जिल्ला विकास समिति धनकुटाले २५ हजार रुपैयाँ सहयोग गरेको र अन्य रकम स्थानीयस्तरबाट संकलन गरिएको बिष्टले बताए । सिसि टिभी क्यामेरा जडान भएपछि सुरक्षित भएकाले हिलेबजारमा पर्यटकको संख्यामा बृद्धि भएको उनको भनाइ छ । हिलेबजारमा राखिएका १२ वटामध्ये एउटा सिसि क्यामेरा भने बिग्रेको छ ।

सार्वजनिक स्थानमा सिसि टिभी क्यामेरा जडान गरिएपछि हिले बजारबासी, व्यवसायी, बैंकरहरु पनि खुसी भएका छन् । सिसि टिभी क्यामेरा जडान गरिएपछि चोरी, झैझगडा लगायत अपराधिक घटनामा कमि आएको स्थानीय बासिन्दाहरुले अनुभव गरेका छन् । उनीहरुले धनकुटाका अन्य शहरी क्षेत्रमा सिसि टिभी क्यामेरा जडान गरेर निगरानी गर्नुपर्ने बताउँछन् ।

सिसि टिभी क्यामेरा जडान भएपछि बजार क्षेत्रमा हुलदंगा, गुण्डागर्दी, चोरी लगायतका कुरामा कमि आएको छ । सिसि टिभी क्यामेरा जडान गरिएपछि प्रहरीले पनि कम मात्रामा जनशक्ति प्रयोग गर्नुपरेको जनाएको छ । प्रबिधिको युगमा धनकुटाको हिले पर्यटन प्रवद्र्धन तथा पूर्वाधार विकास संस्थाले हिलेबजारमा सिसि टिभी क्यामेरा जडान गरी प्रहरीलाई सहयोग गर्नु एकदमै राम्रो काम भएको स्थानीय बताउँछन् । यसैगरी धनकुटाका शहरी क्षेत्रका सम्पूर्ण सार्वजनिक स्थानमा सिसि टिभी क्यामेरा जडान गर्न स्थानीयले माग गरेका छन् ।





अन्य समाचार

धेरै पढिएको

    no Contents found

फेसबुक


जनमत

बाढी, पहिरोबाट वर्षेनी हुने क्षतिलाई कसरी न्यूनीकरण गर्न सकिएला ?

 (function() { var aak = new CpxCenterAAK(1524, 69395, 70677); var zone = aak.addZone(106752, "#cc-573cbc0a38c60"); zone.render(); })();