खेलकुद

सेल्फीले रोक्यो रियो ओलम्पिकको समापन समारोह !

Image Title

रियो दि जेनेरियो (ब्राजिल) ७ भदौ, ब्राजिलमा जारी रियो ओलम्पिक-२०१६ भरखरै समापन भएको छ । ओलम्पिक अवधि भर विभिन्न खेलाडी तथा खेलहरु निक्कै चर्चित बनेका थिए । यस्तै चर्चाको शिखरमा ओलम्पिकको समापन समारोहको एक माहोल पनि पुग्यो । रियो ओलम्पिकमा जिमनास्टिकमा स्वर्ण पदक विजेता अमेरिकी जिमनाष्ट सिमोन बाइल्सको सेल्फी पनि चर्चित बन्यो । ओलम्पिक अवधिभरी मुस्कानकै कारण निक्कै चर्चित बनेकी बाइल्सका कारण ओलम्पिकको समापन समारोह नै केही समय अवरुद्ध बनेको थियो ।

समारोहमै अन्य साथीहरुले पदक लिएपछि बाइल्ससँग सेल्फी खिच्न चाहेपछि ओलम्पिकको समापन समारोह नै लम्बिएको बीबीसीले जनाएको छ । सिमोनले रियो ओलम्पिकमा ४ वटा स्वर्ण पदक जितेकी थिइन् । ओलम्पिक भर बाइल्सको मुस्कानले धेरै दिवाना बनेको जनाइएको छ । कालो वर्ण, छोटो कदकी बाइल्स ओलम्पिक स्टार नै बनेकि थिइन् । अधिकांश देशका सहभागीहरुले उनीसँग सेल्फी खिच्न चाहेपछि समापन समारोह निर्धारित समय भन्दा केही ढिला मात्रै सम्पन्न गर्नु परेको थियो ।



अन्य समाचार

धेरै पढिएको

    no Contents found

फेसबुक


जनमत

बाढी, पहिरोबाट वर्षेनी हुने क्षतिलाई कसरी न्यूनीकरण गर्न सकिएला ?

 (function() { var aak = new CpxCenterAAK(1524, 69395, 70677); var zone = aak.addZone(106752, "#cc-573cbc0a38c60"); zone.render(); })();