खेलकुद

थ्रीस्टार क्लव एएफसी कप फुटबलको प्लेअपमा छनोट

Image Title

मंगोलिया, ९ भदौ, नेपालको राष्ट्रिय लिग च्याम्पियन रुस्लान थ्रीस्टार क्लब एएफसी कप फुटबलको प्लेअफ छनोट चरण पार गर्न सफल भएको छ । मंगोलियामा बिहीबार सम्पन्न एएफसी कप फुटबलको प्लेअफ छनोट चरण अन्तर्गतको समूह बीको अन्तिम खेलमा मंगोलियाको एर्चिम फुटबल क्लबले कम्बोडियाको नागावल्र्ड फुटबल क्लबलाई १–० ले हराएपछि ललितपुरे थ्रीस्टारको भाग्य चम्किएको हो । थ्रिस्टारसँगै समूह ए बाट कीर्गिस्थानको डोर्डोई बिस्केक र समूह सी बाट चाइनिज ताइपेइको टाटुङ एफसी पनि अर्को चरणमा पुगेका छन् ।

बिहीबारको खेलमा एर्चिमका लागि दाबाजेभले निर्णयक गोल गरेका थिए । यो समूहमा रहेका ३ टोली मध्ये थ्रीस्टार ४ अंक बटुल्दै अघिल्लो चरणमा प्रवेश गरेको हो । तालिकामा थ्रीस्टारपछि एर्चिमको ३ अंक रह्यो भने एक बराबरी र १ हार बेहोरेको नागाबल्र्ड तेस्रो स्थानमा रह्यो ।


थ्रीस्टारले पहिलो खेलमा घरेलु प्रतिद्धन्द्धि एर्चिमलाई उसकै समर्थक माझ २–० ले हराएको थियो । जुन खेलमा नाइजेरियन खेलाडी अजायी मार्टिन्स कायोडे र कप्तान विक्रम लामाले एक एक गोल गरेका थिए । नागावल्र्डसँग थ्रीस्टारले १–१ गोलको बराबरी खेल्दा पनि मार्टिन्सले नै एक गोल फर्काएर हारबाट जोगाएका थिए ।

नाइजेरियन अजायी मार्टिन्स कायोडेले २ गोल गरेका छन् भने एक गोल कप्तान विक्रम लामाको नाममा छ । मार्टिन्सले एर्चिम विरुद्ध एक गोल तथा नागावल्र्ड विरुद्ध एक एक गोल गरेका हुन् । अन्तिम खेलमा एर्चिमको समर्थन गर्दै नेपाली टोलीले बराबरी या एर्चिमको जितको कामना गरिरहेका थिए । खेलमा एर्चिमले गोल हान्ने बित्तिकै थ्रीस्टारका सबै टोली प्याराफिटमा उफ्रिएका थिए ।

'मलाई एकदमै खुसी लागिरहेको छ हामी अर्को चरणमा पुग्न सफल भयौँ' मुख्य प्रशिक्षक मेघराज केसीले भने, 'भाइहरुको मेहनतले नै हामीले यो सफलता पायौँ ।' उनले एर्चिमले आफ्नो गौरबका लागि फुटबल खेलेको बताए ।  उपकप्तान निराजन खड्काले यो स्थान र मौसमले थ्रीस्टारलाई साथ दिएकोमा खुसी ब्यक्त गरे । 'यहाँका सबैले हामीलाई साथ दिएका छन् , मौसम र स्थानले साथ दिएको छ', उनले भनेर्, हामीलाई भाग्यले पनि साथ दिएको छ । एसियाली फुटबल परिषद एएफसीले एएफसी कप फुटबलको प्लेअफ आउने जनवरीमा गर्दैछ । जसमा ८ टोलीको सहभागीता रहने छ । त्यसका टोली र स्थानका बारेमा एएफसीले जानकारी दिएको छैन ।



अन्य समाचार

धेरै पढिएको

    no Contents found

फेसबुक


जनमत

बाढी, पहिरोबाट वर्षेनी हुने क्षतिलाई कसरी न्यूनीकरण गर्न सकिएला ?

 (function() { var aak = new CpxCenterAAK(1524, 69395, 70677); var zone = aak.addZone(106752, "#cc-573cbc0a38c60"); zone.render(); })();