राजनीति

चीनका लागि राजदूतमा पूर्व मुख्यसचिव लीलामणि पौडेल सिफारिस

Image Title

काठमाडौँ, १६ भदौ, आज बसेको मन्त्री परिषद्को बैठकले चीनका लागि नेपाली राजदूतमा पूर्व मुख्य सचिव लीलामणि पौडेललाई सिफारिस गरेको छ । अघिल्लो केपी ओली सरकारले सिफारिस गरेका राजदूतहरुको नाम रद्द गरेपछि वर्तमान सरकारले पौडेललाई चीनको राजदूत बनाएर पठाउन लागेको हो । चिनिया राष्ट्रपतिको निकट भविष्यमा हुन लागेको नेपाल भ्रमणलाई मध्यनजर गर्दै सरकारले राजदूत सिफारिस गरेको हो ।

यता भारतका लागि पनि आजै राजदूत सिफारिस गरिएको छ । ओली सरकारले फिर्ता बोलाएका राजदूत दीपकुमार उपाध्यायलाई पुन निरन्तरता दिने निर्णय वर्तमान सरकारले गरेको छ । सरकार परिवर्तनमा भूमिका खलेको तथा भारतमा रहँदा नेपालको राष्ट्रियताको वर्खिलाप हुने काम गरेको जस्ता कारण देखाउँदै उपाध्यायलाई ओली सरकारले फिर्ता बोलाएको थियो ।

बैठकपछि सरकारका प्रवक्ता राम कार्कीले भने, 'निकट भविष्यमा प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण हुँदैछ । साथै चीन र भारतका राष्ट्रपतिको पनि नेपाल भ्रमण हुँदैछ । यसकालागि ती देशमा राजदूत हुनु आवश्यक भएकोले सिफारिस गरिएको हो ।'
 



अन्य समाचार

धेरै पढिएको

    no Contents found

फेसबुक


जनमत

बाढी, पहिरोबाट वर्षेनी हुने क्षतिलाई कसरी न्यूनीकरण गर्न सकिएला ?

 (function() { var aak = new CpxCenterAAK(1524, 69395, 70677); var zone = aak.addZone(106752, "#cc-573cbc0a38c60"); zone.render(); })();