पत्रपत्रिकाबाट

चीन र भारतका राष्ट्रपतिको नेपाल भ्रमण निश्चित

Image Title

काठमाडौँ, १८ भदौ, प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' का विशेष दूतका रुपमा दुई छिमेकी मुलुकको भ्रमण गरेका उपप्रधानमन्त्रीद्वयले चीन र भारत दुवै छिमेकी मुलुकका उच्च अधिकारीको नेपाल भ्रमण निश्चित भएको बताएका छन् । व्यवस्थापिका–संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिमा उपप्रधामन्त्रीद्वय कृष्णबहादुर महरा र विमलेन्द्र निधिले चीन र भारतका उच्च अधिकारीको भ्रमण निश्चित रहेको जानकारी दिएका हुन् ।

उपप्रधानमन्त्री निधिले नेपलाका तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' को भारत भ्रमणको मिति तय भइसकेको र बाँकी उच्च अधिकारीको भ्रमण चाँडै तय हुने जानकारी दिए । निधिले भारत भ्रमणको जानकारी दिँदै प्रधानमन्त्री दाहालको भ्रमण भदौ ३० गतेबाट हुने बताए । यस्तै भारतका राष्ट्रपति प्रणव मुखर्जी र नेपालका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीको भ्रमण औपचारिक रुपमा मिति तय हुन मात्र बाँकी रहेको बताएको आजको गोरखापत्रले समाचार लेखेको छ ।

निधिले भने, 'यताका प्रधानमन्त्रीको सेप्टेम्बर १५ (भदौ ३०) मा भ्रमणको मिति तय भइसकेको छ । उताबाट राष्ट्रपति (प्रणव मुखर्जी) र यताबाट पनि राष्ट्रपति (विद्यादेवी भण्डारी) को भ्रमण निश्चित छ । औपचारिक रुपमा मिति मात्र तय हुन बाँकी छ । चाँडै तय हुन्छ ।' निधिले प्रधानमन्त्रीले भारतीय समकक्षीलाई पठाएको पत्र सार्वजनिक गर्न नमिल्ने बताए । पत्रको व्यहोरा संसदीय समतिमा जानकारी गराएका उनले कूटनीतिज्ञहरुले यस्ता पत्र सार्वजनिक गर्न उपयुक्त नहुने धारणा राखेको बताए । उनले विशेष दूतका रुपमा भारत भ्रमणका दौरान फास्ट ट्रयाकबारे कुनै पनि निर्णय नभएको स्पष्ट पारे । निधिले राजदूत फिर्ता बोलाइएको, राष्ट्रपतिको भ्रमण रद्द भएको विशेष परिस्थिति रहेका कारण विशेष दूतका रुपमा आफू भारत भ्रमणमा गएको स्पष्ट पारे ।

यता नेपाल सरकारका उपप्रधानमन्त्री कृष्णबहादुर महराले पनि चीन भ्रमणका दौरान चिनियाँ उच्च अधिकारीको नेपाल भ्रमण तय भएको बताए तर भ्रमणको मिति यकिन भइनसकेको उनको भनाई छ । समितिमा मनत्री महराले भने, 'चिनियाँ उच्च अधिकारीको भ्रमण निश्चित छ तर औपाचारिक रुपमा मिति तय हुन बाँकी छ, चाँडै हुन्छ ।'



अन्य समाचार

धेरै पढिएको

    no Contents found

फेसबुक


जनमत

बाढी, पहिरोबाट वर्षेनी हुने क्षतिलाई कसरी न्यूनीकरण गर्न सकिएला ?

 (function() { var aak = new CpxCenterAAK(1524, 69395, 70677); var zone = aak.addZone(106752, "#cc-573cbc0a38c60"); zone.render(); })();