स्वास्थ्य

स्वास्थ्यमन्त्री गगन थापा श्रीलङ्कामा

Image Title

काठमाडौँ, २० भदौ, स्वास्थ्यमन्त्री गगन थापा विश्व स्वास्थ्य संगठनको कार्यक्रममा भाग लिन यतिबेला श्रीलङ्का पुगेका छन् । थापा विश्व स्वास्थ्य संठनले आयोजना गरेको दुई दिने क्षेत्रीय मन्त्रीस्तरीय कार्यक्रममा सहभागी हुन लागि आज श्रीलङ्का पुगेका हुन् । मन्त्री बनेपछि थापाको यो पहिलो विदेश प्रस्थान हो ।

मन्त्री थापाले श्रीलङ्काबाटै आइतबार डा. गोविन्द केसीका मुद्दाका बारेमा प्रधानमन्त्री र सरोकारवालासँग भएको छलफलको जानकारी दिएका छन् । उनले भनेका छन्, "स्वास्थ्य सुधारका सन्दर्भमा डा.गोविन्द केसीले उठाउनु भएका मुद्दा र उहाँसँग विगतमा सरकारले गरेका सम्झौताको कार्यान्वयनका सन्दर्भमा हिजो सम्माननीय प्रधानमन्त्रीसँग भेटघाट र कुराकानी भयो ।"

मन्त्री थापाले सरोकारवालाहरुसँग पनि छलफल र कुराकानी भइरहेको बताएका छन् । उनले भने, "हिजै डा.केसीको अभियानमा संलग्न यूवा साथीहरूसँग समेत भटेर छलफल गरेँ । मन्त्रालयको तर्फबाट सरोकारवाला सबै पक्षसँग छलफल भइरहेको छ । थुप्रै सुझाव प्राप्त भएका छन् । यसबीचमा विभिन्न पक्षसँग थप छलफल गरी प्राप्त सुझावहरूका आधारमा छिट्टै नै समाधान खोजिने छ ।"





अन्य समाचार

धेरै पढिएको

    no Contents found

फेसबुक


जनमत

बाढी, पहिरोबाट वर्षेनी हुने क्षतिलाई कसरी न्यूनीकरण गर्न सकिएला ?

 (function() { var aak = new CpxCenterAAK(1524, 69395, 70677); var zone = aak.addZone(106752, "#cc-573cbc0a38c60"); zone.render(); })();