साहित्य/संस्कृति

विश्व शान्तिको लागि श्रीमद् भागवत ज्ञान महायज्ञको आयोजना गरिँदै

काठमाडौँ, २० भदौ, आगामी असोज २ देखि ९ गतेसम्म पितृमोक्ष विश्वशान्ति श्रीमद् भागवत ज्ञान महायज्ञ २०७३ आयोजना हुने भएको छ । सोमबार बुढानिलकण्ठ विकास समितिले रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै पितृ आत्माको मोक्षको लागि आगामी असोज २ गतेदेखि १० गतेसम्म श्रीमद् भागवत् ज्ञान महायज्ञ आयोजना गर्न लागिएको समितिका अध्यक्ष जयराज थापाले जानकारी दिए । उनका अनुसार महायज्ञ बुढानिलकण्ठ मन्दिरमा हुनेछ ।

बुद्धको शान्तित्व प्राप्त गर्न र विश्वमा शान्ति सन्देशको प्रवाह गर्नको लागि २०७० साल देखि थालिएको भागवत महायज्ञ अभियान राजधानिमा हुन लागेको बताउँदैे १६ श्राद्धदेखि सञ्चालन हुने यस महायज्ञको एउटै उद्देश्य पतृमोक्ष प्राप्तगर्नु रहेको वाचन शिरोमणी दिपक प्रसाद पौडेलले जानकारी दिए ।

उनले भने ?दिवंगत मृृत आत्मा शान्तिको लागि द्धन्दकालमा ज्यान गुमाएका, भूकम्पमा परि मृत्यु भएका, अकाल गति र कालगति विभिन्न घटनामा परि जीवन गुमाएका मृत आत्माप्रति समर्पित हुँदै आउँदो असोज २ देखि ९ गतेसम्म पित्तृ उद्धारका लागि सामुहिक रुपमा गर्न थालिएको महायज्ञमा भाग लिएर मोक्ष प्राप्त गर्नको लागि सबैलाई नम्र निवेदन गर्न चाहन्छु ।″

उनले उक्त महायज्ञबाट प्राप्तदान स्कुल, विपन्न वालबालिका, महिला समुह, आमा समुहजस्ता सामाजिक कार्य गरिरहेका संघसंस्थालाई दिने जाानकारी दिए । वाचन शिरोमणी पौडेलले उक्त महायज्ञमा प्राप्त दान–दक्षिणाको पारदर्शिता पूर्ण कार्यन्वयन गर्ने पनि प्रतिबद्धता व्यक्त गरे ।



अन्य समाचार

धेरै पढिएको

    no Contents found

फेसबुक


जनमत

बाढी, पहिरोबाट वर्षेनी हुने क्षतिलाई कसरी न्यूनीकरण गर्न सकिएला ?

 (function() { var aak = new CpxCenterAAK(1524, 69395, 70677); var zone = aak.addZone(106752, "#cc-573cbc0a38c60"); zone.render(); })();