सूचना/प्रविधि

समाचार लेखेकै विषयमा पत्रकार बस्नेतलाई मोबाइलमार्फत धम्की

Image Title

विराटनगर, २१ भदौ, समाचारको विषयलाई लिएर उर्लाबारीका पत्रकार सरोज बस्नेतलाई  धम्की आएको छ । उर्लाबारीबाट प्रकाशित हुने 'राष्ट्रिय समाचार' मा आएको समाचारको विषयलाई लिएर बस्नेतलाई धम्की आएको हो । बस्नेत प्रेस सेन्टर मोरङका सह—सचिव पनि हुन् ।

उर्लाबारीबाट प्रकाशित हुने 'राष्ट्रिय समाचारपत्र' मा "असिम ज्वयल श्रेष्ठको ग्यामरस नेपालले तीन वर्ष अघि उर्लाबारीमा बालवालिकाको अन्तर निहीत प्रतिभा प्रस्फुटन गर्ने भन्दै आयोजना गरेको लिटिल प्रिन्स एण्ड प्रिन्सेस कार्यक्रमको पुरस्कार नदिई पुनः उर्लाबारीमा विभिन्न आश्वसन दिई कार्यक्रम गर्न लागेको" विषयमा समाचार प्रकाशित भएपछि उक्त संस्थाको बचाउ गर्दै 'सरोज कहाँ छ ?’ भन्दै एक झुण्ड पत्रिकाको कार्यालयसम्मै आएको थियो ।

उर्लाबारीको निगरानी डटकमका प्रधान सम्पादक सुमन अधिकारी, सम्पादक मिलन के राउत र न्यू पाथिभरा साप्ताहिकका इश्वरी भट्टराईले अपशब्द बोल्दै 'समाचार किन लेखेको ?' भन्दै धम्की दिएको पत्रकार बस्नेतले बताए । गएराती मापसे गरेर उनीहरुले धम्की दिएको बस्नेतले बताए ।

इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक राजकुमार राईले पत्रकारलाई उजुरी गर्न आग्रह गर्दै घरसम्म सुरक्षा दिन प्रहरी परिचालन समेत गरेका थिए । पत्रकार बस्नेतले आफ्नो मोवाईलमा धम्कीपूर्ण एसएमएस आएको  बताएका छन् । ९८१५३४०५५८ बाट धम्की तथा एसएमएस आएको उनले जानकारी दिएका छन् ।

 

यो नम्बर कसको भनेर खोजी गर्दा निगरानी डटकमका प्रधान सम्पादक सुमन अधिकारीको भएको प्रष्ट भएको छ । अधिकारीलाई एसएमएस गरेर धम्की दिएको विषयमा सोध्दा उनले आजको खबरलाई भने, "त्यो मेरो नै नम्बर हो, तर अफिसमा रहेको मेरो मोबाइल मिस युज गरेर मलाई बदनाम गराउन खोजिएको हो, यसमा मेरो कुनै संलग्नता छैन ।" कसले गर्यो त यस्तो काम भनेर सोध्दा उनी भन्छन्, "इश्वरी भट्टराई लगायतका पत्रकारले नै मेरो मोबाइल मिसयुज गरेको हुन सक्छ ।" साथै उनले समाचारको विषयमा आफू अनभिज्ञ रहेको पनि जानकारी दिए ।



अन्य समाचार

धेरै पढिएको

    no Contents found

फेसबुक


जनमत

बाढी, पहिरोबाट वर्षेनी हुने क्षतिलाई कसरी न्यूनीकरण गर्न सकिएला ?

 (function() { var aak = new CpxCenterAAK(1524, 69395, 70677); var zone = aak.addZone(106752, "#cc-573cbc0a38c60"); zone.render(); })();