समाज

पूर्वाञ्चलबाट आठ सय ३२ महिला बेपत्ता

Image Title

धनकुटा, २१ भदौ, पूर्वाञ्चलबाट हराएका आठ सय ३२ जना महिला अझै कहाँ छन् भन्ने पत्तो छैन । मानव बेचविखन तथा ओसारपसार विरुद्धको दिवस मनाइ रहँदा हराएका महिलाका आफन्त भने चिन्तित छन् । गत आर्थिक वर्षमा पूर्वाञ्चलबाट एक सय ३२ जना बालिका हराएकोमा ४२ जना मात्रै भेटिएका छन् । गत आर्थिक वर्ष २०७२/७३ मा पूर्वाञ्चलमा नौ सय ४२ जना महिला हराएको उजुरी प्रहरीमा आएको थियो तीमध्ये एक सय १० जना मात्र भेटिएको प्रहरीको तथ्याङ्कमा छ ।

यो तथ्याङ्कको आधारमा आठ सय ३२ जना महिला हराइरहेका छन् । २०७२ साउन देखि २०७३ असार मसान्तसम्ममा पूर्वाञ्चलका १६ जिल्लामध्ये सबैभन्दा बढी मोरङ जिल्लाबाट महिला हराएका छन् । मोरङबाट दुई सय ३० जना महिला हराएको प्रहरीले जनाएको छ । यसैगरी झापाबाट एक सय ७० जना महिला हराएका छन् । यसैगरी गत साउनदेखि अहिलेसम्म प्रहरीमा २१ जना महिला हराएको जानकारी आएपनि एक जना मात्र भेटिएको तथ्याङ्क छ । सो अवधिमा ३ जना बालिका हराएका छन् ।

हराएका महिलाहरु घरपरिवारसँग सल्लाह नगरी वैदेशिक रोजगारीमा जाने भनी दलालहरु मार्फत बेचिने गरेको माइती नेपाल पूर्वाञ्चल क्षेत्रीय कार्यालयका प्रमुख गोविन्द घिमिरेले बताए । कतिपय महिला हराएको उजुरी आउने र पछि भेटिएपछि जानकारी नगराउने गरेकाले तथ्याङ्क बढी रहेको उनले दाबीसमेत गरे ।

घिमिरेले भने ''हाम्रो घर नै सचेत हुनुपर्छ, परिवार सचेत हुनुपर्छ, हाम्रो समाज सचेत हुनुपर्छ, सामाजिक संघसंस्था सचेत हुनुपर्छ र मुल शत्रु भनेको बेरोजगार भएकाले राज्यले रोजगारको व्यवस्था गर्नुपर्छ । त्यति नभएसम्म यसलाई रोक्न धेरै कठिन हुन्छ ।''





अन्य समाचार

धेरै पढिएको

    no Contents found

फेसबुक


जनमत

बाढी, पहिरोबाट वर्षेनी हुने क्षतिलाई कसरी न्यूनीकरण गर्न सकिएला ?

 (function() { var aak = new CpxCenterAAK(1524, 69395, 70677); var zone = aak.addZone(106752, "#cc-573cbc0a38c60"); zone.render(); })();