समाज

आज फेरी त्रिशुलीमा ट्रक खस्यो, २ जनाको निधन

Image Title

चितवन, २१ भदौ, पछिल्लो समय त्रिशुली नदीमा यातायातका साधनहरु खस्ने क्रम बढेको छ । केही दिन अघिमात्रै यात्रुवाहक बस र ट्रक खसेर भएको दुर्घटनाको घाउ सेलाउन नपाउँदै आज पुनः एक ट्रक नदीमा खसेको छ । काठमाडौँबाट मुग्लिनतर्फ आउँदै गरेको ना ३ ख ९९०३ नम्बरको मालबाहक ट्रक त्रिशुली नदीमा खसेर आज दुर्घटना भएको छ ।

सो ट्रक आज विहान करिब ३ः४५ बजे पृथ्वीराजमार्गअन्तर्गत दारेचोक–७, चुमखोलाबाट त्रिशुलीमा खसेको प्रहरीले जनाएको छ । ट्रक खस्दा दुई जनाको घटना स्थलमै निधन भएको छ भने दुई जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

मृतक २ पुरुषको सनाखत हुन सकेको छैन भने बारा कलैया नगरपालिका २ का २० वर्षीय रामवली प्रसाद र बाराकै बलरामपुरका २५ वर्षीय भवनदेव साह घाइते भएको पुष्टि भएको छ । उनीहरुको भरतपुर स्थित कलेज अफ मेडिकल साइन्समा उपचार भइरहेको चितवन प्रहरीले जनाएको छ ।

तस्विर: फायल





अन्य समाचार

धेरै पढिएको

    no Contents found

फेसबुक


जनमत

बाढी, पहिरोबाट वर्षेनी हुने क्षतिलाई कसरी न्यूनीकरण गर्न सकिएला ?

 (function() { var aak = new CpxCenterAAK(1524, 69395, 70677); var zone = aak.addZone(106752, "#cc-573cbc0a38c60"); zone.render(); })();