समाज

टुक्रा–टुक्रा अवस्थामा युवकको शव फेला पर्यो, तस्विर देखाउन सकेनौं

Image Title

विराटनगर, २१ भदौ, मंगलबार बिहान विराटनगर-१३ को शान्तिचोकमा एक युवकको शव टुक्रा–टुक्रा अवस्थामा फेला परेको छ । शान्तिचोक स्थित ओमकार श्रेष्ठको घरमा अन्दाजी २७/२८ वर्षका युवकको शरीर टुक्रा पारेर बोरामा र डसनामा प्याक गरिएको अवस्थामा फेला परेको हो ।

स्थानीयका अनुसार सो घरमा केही दिनअघि मात्र भाडाामा बस्न आएका ४ युवाहरु मात्रै थिए । घरधनी श्रेष्ठ केही दिनदेखि घर बाहिर भएको अवस्थामा घरको कोठामा भाडामा बसेका युवाहरुले सो घटना घाटाएको स्थानीयले बताए । उनीहरुका अनुसार, टाउको, खुट्टा र जीउ अलग पारी बोरामा पोको पारेर गाडी मगाइ फाल्न खोज्दा ड्राइभरलाई शंका लागि प्रहरीलाई बलाएका हुन् । प्रहरीलाई खबर गरेपछि ती युवाहरु भने भागेका थिए ।

घटनाको बारेमा विस्तृत अनुसन्धान भइरहेकोले अहिले केही भन्न नसकिने प्रहरीले बताएको छ ।

स्थानीयले उपलब्ध गराएको तस्विर, जसलाई हामीले स्पष्ट देखाउन सकेनौ ।



अन्य समाचार

धेरै पढिएको

    no Contents found

फेसबुक


जनमत

बाढी, पहिरोबाट वर्षेनी हुने क्षतिलाई कसरी न्यूनीकरण गर्न सकिएला ?

 (function() { var aak = new CpxCenterAAK(1524, 69395, 70677); var zone = aak.addZone(106752, "#cc-573cbc0a38c60"); zone.render(); })();