समाज

भरपर्दो विकल्प नहुँदा अस्तव्यस्त बन्दै धरान बसपार्क !

Image Title

धरान, ९ असोज, भरपर्दो विकल्प नखोजिए धरानको भानुचोकको बसपार्क अस्तब्यस्त बनिरहने निश्चित छ । ६० वटा सवारी साधनको क्षमता रहेको बसपार्कमा अहिले एक हजार भन्दा बढि सवारी ओहोरदोहोर गर्छन् । सात दशक अगाडि दुई वटा बस सञ्चालन हुँदा पनि बसपार्क यहि अवस्थामा रहेको जानकार कृष्णप्रसाद बिएस श्रेष्ठले बताए । फरक यतिमात्र छ कि अहिले केही स्वरुप परिवर्तन भएको छ तर, क्षेत्रफल भने जतिको तति छ ।

 
वि.सं.२००४ सालदेखि सम्सुल हकले धरान विराटनगर ट्रक सञ्चालन गर्दा हालको भानुचोक बिसौनीको रुपमा थियो । त्यही बिसौनीलाई पछि २००५ सालमा श्रीकृष्ण मोटर सर्भिस नाममा कृष्णप्रसादका पिता गणेशप्रसादले दुई वटा बस सञ्चालन गर्दा भानुचोक बस बिसौनीको रुपमा थियो अहिले २०७३ सालमा पनि बस बिसौनीको बिकल्प खोजिएको छैन । जहाँ दैनिक एक हजार भन्दा बढि सवारी ओहोरदोहोर गर्ने गरेको यातायात व्यवसायी कृष्ण सुवेदी बताउँछन् । ''क्षमता भन्ने हो भने ६० वटा बस आट्छ तर अहिले दैनिक माइक्रो, रात्री, टेम्पो, सिटीसफारी, ट्याक्सी गरी झण्डै एक हजार जति सवारी त्यहाँबाट ओहोरदोहोर गर्छन'' उनी भन्छन् ।
 
अस्तव्यस्त बनिसक्दा पनि बसपार्कको उत्तम विकल्प खोजी भएको छैन २०५८ सालमा सुन्दर बस्ती विकास आयोजना छनौट गरिए पनि विवादका कारण अघि बढ्न सकेन । बसपार्कले उत्तम विकल्प सुन्दर बस्ती हुन सक्ने कि नसक्ने भन्ने विषयमा तत्कालिन समयमा बनेको धरान रिङरोड एवम् बसपार्क निर्माण बारे सुझाव समितिको प्रतिवेदनमा सुन्दर बस्ती बसपार्क अल्पकालिन हुने निष्कर्ष निकालिएको थियो ।



अन्य समाचार

धेरै पढिएको

    no Contents found

फेसबुक


जनमत

बाढी, पहिरोबाट वर्षेनी हुने क्षतिलाई कसरी न्यूनीकरण गर्न सकिएला ?

 (function() { var aak = new CpxCenterAAK(1524, 69395, 70677); var zone = aak.addZone(106752, "#cc-573cbc0a38c60"); zone.render(); })();