खेलकुद

आइसीसी महिला क्रिकेटः हङकङसँग नेपाल पराजित

Image Title

काठमाडौँ, २३ असोज, आइसीसी महिला विश्वकप छनौट सिरिज एसिया रिजन अन्तर्गत हङकङमा आज भएको दोस्रो खेलमा हङकङले नेपाललाई पराजित गरेको छ । २० ओभरको खेलमा नेपालले दिएको लक्ष्य २१ बल बाँकी रहँदै ४ विकेटको क्षतिमा भेट्टाएपछि हङ्कङ विजयी बनेको हो ।

 

टस जितेर ब्याट रोजेको नेपालले पहिलो इनिङमा १९.२ ओभरको समाप्तिमा सबै विेकेट गुमाउन पुगेको थियो । सो अवधिमा नेपालले ७७ रन जोड्दै हङ्कङ सामू ७८ रनको लक्ष्य प्रस्तुत गरेको थियो । नेपालको तर्फबाट निर्मलाकुमारी शाहीले सर्वाधिक १८ रन जोडेकी थिइन् । यता रुविना क्षेत्रीले १२ तथा रस्मी चौलागाईले ११ रन जोड्न सफल भएका थिए । अन्य खेलाडीले दोहोरो अङ्कको योगदान गर्न सकेनन् ।

 

पहिलो इनिङमा बलिङ गरेको हङकङकी मारिको हिल, बेटी चान, चारलोटी चानले नेपालको २/२ विकेट झारेका थिए भने कारी चानले १ विकेट झारेकी थिइन् ।

 

दोस्रो इनिङमा नेपालले दिएको लक्ष्य पछ्याउने क्रममा हङ्कङकी नातुराल यिपले सर्वाधिक ३३ रन, यास्मीन दास्वानीले १३ रन, सान्जेन साहजादले ११ तथा मारिको हिलले १० रनको योगदान गरेका थिए ।

 

यता दोस्रो इनिङमा बलिङ सम्हालेको नेपालको तर्फबाट निर्मलाकुमारी शाहीले २ विकेट लिइन भने करुना भण्डारीले १ विकेट लिएकी थिइन् । यो सँगै नेपालको शुन्य अङ्क छ भने हङकङले २ अङ्क जोड्न सफल भएको छ ।





अन्य समाचार

धेरै पढिएको

    no Contents found

फेसबुक


जनमत

बाढी, पहिरोबाट वर्षेनी हुने क्षतिलाई कसरी न्यूनीकरण गर्न सकिएला ?

 (function() { var aak = new CpxCenterAAK(1524, 69395, 70677); var zone = aak.addZone(106752, "#cc-573cbc0a38c60"); zone.render(); })();